धौलागिरी बासीको लागि यातायातमा सास्ती हुने,दैनिक ६ घण्टा सकड बन्द हुने

काठमाण्डौ । धौलागिरी बासीहरुले केहि समय यातायातमा सास्ती भोग्नु पर्ने भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि काम गर्न लागिएको हुँदा सडक बन्द गर्न थालिएको हो ।

मंसिर २१ गते प्रशासनले सूचना जारी गर्दै दैनिक ६ घण्टा सो सडक खण्ड पूर्णरुपमा बन्द हुने छ । मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

यही मङ्सिर २५ गतेदेखि पौष १५ सम्म खहरेको चट्टान काट्ने गरी जिल्ला प्रशासनले समय तालिकासमेत निकाली सकेको छ । सवारी साधन बन्द गरिएको समयमा साना सवारी साधन बागलुङ बजारदेखि गहते हुँदै खहरेदेखि पाला हुँदै अछेते जाने गरी वैकल्पिक सडक प्रयोग गर्न मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका कार्यालय प्रमुख मेघराज मरासिनीले जानकारी दिए । रासस

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय