सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई पत्ता लाग्यो

काठमाडौं–विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई पुनः मापन गरिएको छ । सगरमाथाको नयाँ उचाई पत्ता लागेको हो । उचाई घटबढ भएका विभिन्न अध्ययनले देखाएपछि नेपाल सरकारले उचाई नाप गरेको हो ।आज नयाँ उचाई नेपाल सरकारले सार्वजनिक गर्दैछ ।

अहिलेसम्म सगरमाथाको उचाई ८८४८ मिटर छ । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको नापी विभागका प्राविधिकको टोलीले उचाईको पुन मापन गरिएएको छ ।

विस २०७२ को भूकम्प र समुद्री सतहमा भएको फेरबदलका कारण परिवर्तन आएको बताउँदै आएको भए पनि सरकारले पहिलो पटक आधिकारिक उचाई सार्वजनिक गर्न लागेको हो । नेपाल र चीनले गरेको मापनबाट आएको नयाँ उचाईलाई संयुक्त रूपमा एकैपटक सार्वजनिक गर्ने कार्यक्रम तय भएको नापी विभागले तयारी गरेको छ । अहिलेको सगरमाथाको उचाई यसअघि सन् १९५४ मा सर्वे अफ इण्डियाले गरेको मापनलाई मान्यता दिइँदै आइएको छ ।

प्रतिक्रिया