गायक प्रेमको गीत बरमालालाई अर्गानिक एक लाख भन्दा धेरै दर्शक

काठमाण्डौ । गायक तथा सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत बरमालालाई दर्शकले विस्तारै मनपराउदै गएका छन । उनको गीत सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै एक लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।

पछिल्लो समय लोपहुँदै गइरहेको ठेट रत्यौलीलाई यस्ता गीतहरुले जर्गेना गर्ने धेरेको विश्वास छ । प्रेम सापकोटा सोनुको शब्द तथा लय संकलन रहेको सो गीतमा प्रेमलाई आवाजमा सम्झना भण्डारीले साथ दिएकी छन ।

गीत सार्वजनिक भए पछि हामीसँग कुरा गर्दै गायक सापकोटाले पछिल्लो समय नेपालमा टिपिकल रत्यौली गाउन छोडिएसँगै लोप हुन थालेको हुँदा यसलाई जर्गेना गर्ने मुख्य उद्देश्यले गीत बनाइएको बताउनु भयो ।

गीतमा गाँउघरमा प्रयोग हुने रत्यौलीको भाका र सोहि अनुसारका टुक्काको संग्रह गरिएको छ । गीतको म्युजिक भिडियो समेत निकै रमाइलो बनाइएको छ । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । आउनुहोस गीतको पुरै भिडियो हेर्नुहोस

प्रतिक्रिया