सोमवार पुरानै लयमा फर्कियो सेयर बजार,नेप्से ७२ अंकले बढे पनि कारोवार रकम बढेन

काठमाण्डौ । विगतका साता लगातार उछाल आएको नेप्से आइतवार यसरी घट्यो कि करिव एक हप्ताको बृद्धिमा ब्रेक मात्र लागेन धेरै लगानीकर्ताहरुलाई निकै निराश बनायो ।

सोमवार पनि उस्तै हुने डरमा रहेका लगानीकर्ता भने आज राहात महसुश गर्न पाएका छन । नेप्से आज ७२अअंकको बृद्धिसँगै बजार बन्द भएको छ । सोमवारको कारोवार अवधिभर नेप्सेको उतारचडाव निकै देखियो भने धेरै लगानीकर्ता बैक र इन्स्योरेन्समा झुम्मीएको देखियो ।

आज कारोवार भएका अधिकाशं कम्पनीले कमाउन सफल भएका । नेप्सेमा उछाल आए पनि कारोवार रकम भने खासै बढ्न सकेन । आज ६ अर्व ५० करोड भन्दा धेरैको कारोवार भयो । नेपाल पुर्नविमा कम्पनीको सेयरको आज सबै भन्दा धेरै कारोवार भयो । सोमवार २ सय ६ कम्पनीको शेयरको कारोवार भएको थियो । करिव एक दर्जन हाराहारीका कम्पनीहरुको शेयर मूल्यमा सकारात्क सर्किट लागेको छ ।

प्रतिक्रिया