कृषिमा लगानी बढ्यो, पौने ३ खर्ब बैंकको लगानी

काठमाडौं–सरकारले कृषि क्षेत्रमा लगानी गर्न बाध्यतात्मक अवस्था सृजना गरेपछि बैंकले कृषि क्षेत्रमा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले आफ्नो कुल कर्जाको न्यूनतम ११ प्रतिशत लगानी कृषिमा लगाउनुपर्ने नीतिगत व्यवस्था गरेपछि लगानी बढाएका हुन्

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूको असोजसम्म कुल कर्जाका आधारमा २ खर्ब ८८ अर्ब लगानी गरेका छन् । यद्यपी राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार अझै पुरा गरेका छैनन् । बैंकहरूको कुल कर्जाको साढे ९ प्रतिशत लगानी गरेका छन् । बैंंकहरुले ३ खर्ब ३३ अर्ब रुपैयाँ लगानी गनुपर्ने हुन्छ ।
वाणिज्य बैंकहरूले मासिक करिब सवा ५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्छ । बाँकी ९ महिनामा वाणिज्य बैंकले थप करिब साढे ४५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ । वाणिज्य बैंकले २०८० असारसम्म कुल कर्जाको न्यूनतम १५ प्रतिशत अनिवार्य रूपमा कृषिमा लगानी गर्नुपर्ने छ ।

यसअघि वाणिज्य बैंकहरूले कुल लगानीको न्यूनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्र (कृषि, ऊर्जा र पर्यटन) मा प्रवाह गर्नुपर्ने व्यवस्था थियो । जसमध्ये कृषिमा १० र ऊर्जा तथा पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था परिमार्जन गरी कृषि र ऊर्जामा गरी न्यूनतम २५ प्रतिशत लगानी कृषिमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया