श्रीकृष्णको याद बोकेर आज डोली चढ्दै श्वेता,यस्ती देखिइन दुलही हुँदा

काठमाण्डौ । चर्चित अभिनेत्री श्वेता खड्का आज धनगढीका विजयेन्द्रसिँ रावतसँग विाह गर्न लागेको छन ।

आफ्नो पुर्व श्रीमान श्रीकृष्ण श्रेष्ठको निधनपछि समाज सेवामा समेत लागेकी खड्काले लामो समय पछि जीवन साथी चयन गरेकी हुन । उनले विहे गरे पनि आफुले श्रीकृष्णलाई कहिलै पनि विर्सन नसक्ने बताएकी छन । उनको आज काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।

विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।

Posted by Shweta Khadka on Sunday, December 6, 2020

प्रतिक्रिया