यहि मंसिरमा दुलाहा बन्ने तयारीमा हास्यकलाकार मनोज गजुरेल

काठमाण्डौ । कोरोनाले थलिएर तग्रीएका हास्यकलाकार मनोज गजुरेल बेहुलो बन्ने तयारीमा रहेको खुल्न आएको छ ।

पुर्व पत्नि मिना ढकालसँगको सम्बन्ध विक्षदपछि जीवन साथीको खोजीमा रहेका गजुरेल विहेको मोडमा पुगेका हुन । करिब ३ वर्षदेखि एक्लै बस्दै आएका गजुरेल नयाँ जीवनसाथी भेटेका छन् ।

यहि मंसिर या अलि पछि भन्ने मिति भने फिक्स नभएको गजुरेलको भनाइ छ । उनी आफु कसैसँग प्रेम सम्बन्धमा रहेको संकेत समेत गरेका छन । साथीभाईहरुको समेत सल्लाहमा आफुले विहे गर्ने मोडमा पुगेको गजुरेलको जिकिर छ ।

गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

प्रतिक्रिया