स्मार्ट लाइसेन्स' अन्ततः 'रसिद लाइसेन्स'

काठमाडाैं - अन्ततः 'स्मार्ट लाइसेन्स' का रुपमा सुरु गरिएको सवारीचालक अनुमतिपत्र प्रणाली 'रसिद लाइसेन्स' मा परिणत भएको छ। २०७२ सालदेखि वितरण गर्न थालिएको 'स्मार्ट लाइसेन्स' कुनै पनि समयमा मागअनुसार दिन नसकिने भएपछि सरकारले वैकल्पिक रुपमा कर तिरेको रसिदमै फोटो र क्युआर कोड राख्ने निर्णय गरेको छ।

प्रदेश सरकारलाई सवारीचालक अनुमतिपत्र वितरणको अधिकार भए पनि यसलाई व्यवस्थित गर्न नसक्दा 'स्मार्ट लाइसेन्स' ले अपेक्षित गुणस्तर दिन सकेन। अहिले भने रसिदमा फोटो र क्युआर कोड राखेर अनुमतिपत्र दिने काम सुरु भएको छ।

यातायात व्यवस्था विभागले कार्ड छाप्नका लागि प्राविधिक समस्यालाई कारण बताउँदै एक महिनादेखि लाइसेन्स छपाइ रोकिएको थियो। विभागले जर्मनीबाट ल्याएको कम गुणस्तरको कार्ड र चिप्स समस्याका कारण लाइसेन्सको गुणस्तरमा समेत प्रश्न उठेको छ।

यससँगै 'स्मार्ट लाइसेन्स' को यात्रा अन्त्य भएको छ भने 'रसिद लाइसेन्स'को विकल्पलाई सरकारले अगाडि बढाएकोछ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय