३ दिनपछि विहे हुन लागेको युवालाई अपहरण गरि गुप्ताङ्ग काटिदिए पछि

भारत – साथीभाई विच लेनदेनको विषयमा विवाद हुँदा एक युवकलाई गुण्डाहरुले अपहरण गरि गम्भीर भाइते बनाएका छन ।

उनलाई अपहरण गरि गुप्ताङ्ग समेत काटिदिएको पिडितले बताएका छन । उनको केहि दिनमा विहे समेत हुन लागेको थियो । घटना उत्तर प्रदेशको बागपत जिल्लाको भएको बताइएको छ । अहिले ती युवक अस्पतालमा उपचार गराइरहेका छन ।

ती युवकलाई उनका अन्य दुई साथीहरुलेनै अपहरण गरि घाइते बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । उनलाई घाइते अबस्थामा छोडेल उनको साथीहरु फरार रहेको प्रहरीको भनाइ छ ।

पीडित समीर नामका युवकको आफ्ना साथी परवेजसँग १ लाख रुपैयाँलाई लिएर विवाद थियो । पीडित समीरका अनुसार उनीकहाँ उनका साथी परवेजको नाम लिएर २ जना आएका थिए ।

प्रतिक्रिया