प्रधामन्त्रीका प्रेस संयोजक थापालाई वामदेवका प्रेस संयोजकको झटारो – सुर्य थापा भन्ने केटोको काम दलाली, चाकडी र हुर्मत लिने हो

काठमाण्डौ । नेकपामा दुई अध्यक्ष विच राजनितिक मतभेद रहेको कुरा सबैलाई प्रष्ट छ । तर यो राजनितिक विवाद यति सम्म पुगेको छ कि नेताका प्रेस संयोजकहरुले एक अर्का प्रति ब्यक्तिगत टिप्पणी समेत गरिरहेका छन ।

प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापा विवादमा आइरहने पात्र भित्र पर्दछन । गोकुल बास्कोटा पछि ओलीलाई अलोकप्रिय बनाउनमा थापाको ठुलो भुमिका रहेको राजनितिक बृतमा चर्चा भएकै कुरा हो । पछिल्लो सचिवालय बैठक पछि प्रेस संयोजक थापाले आफ्ना नेता बामदेव गौतमलाई लक्षीत गर्दे एउटा तस्विर सामाजिक सञ्जालमा हाले जुन तस्विरले अहिले किनै चर्चा मात्र होइन आलोचना समेत भोगिरहेको छ ।

गौतमले सात बर्ष पहिले असोभाविक रुपमा बाटो काटोको तस्विर सामाजिक सञ्जालमा राख्दै थापाले सबैको नियत तस्विरबाट प्रस्तष्ट हुन्छ भनेका छन । उनको यहि विषयलाई लिएर गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले थापालाई कडा झटारो हानेका छन । उनले भनेका छन सुर्य थापा भन्ने केटोको काम दलाली, चाकडी र अर्काको हुर्मत लिने हो ।

उनको यो भनाइलाई लिएर अहिले समाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिइरहेका छन ।

साथीहरु,
सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष…

Posted by Bishwamani Subedi Bimasu on Saturday, December 5, 2020

प्रतिक्रिया