जिप दुर्घटनामा तीन वर्षीय बालकसहित चार जनाको मृत्यु

डोटी– मध्य रातमा जिप दुर्घटना हुँदा तीन वर्षिय बालक, एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना गम्भिर घाइते भएका छन् ।

दिपालयबाट चवराचौताराका लागी छुटेको म १च ५५० नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौताराका वडा सचिव मन्जु त्रिपाठी परिवारका तीन जनाको ज्यान गएको छ । त्रिपाठीका तीन वर्षीय छोरा, उनकी सासु आमाको मृत्यु भएको हो । त्यसैगरी, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह ,गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृषि प्राविधिक हरि भट्टको पनि घटनास्थलमै मृत्यु भएको हो ।

घाइते हुनेहरुमा ग्लोबल आईएमई बैंकमा कार्यरत सुरक्षागार्ड टिकाराम गिरी, उनकी श्रीमती खिमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलास बम रहेका छन् । घाइतेहरुको दिपायलमा उपचार भैरहेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । जिपमा ८ जना सवार थिए ।

प्रतिक्रिया