म्याग्देली गायक रवि कार्कीको एउटा प्रश्न ” माया के रैछ” ले दर्शकलाई भावुक बनायो

काठमाडौ । हिजो मात्र सार्वजनिक भएको एउटा गीतले निकै चर्चा पाइरहेको छ । गीतको बोल हो “माया के रै छ” ।

म्याग्देली गायक रवि कार्की र देवी घर्तीको आवाज रहेको सो गीतलाई टिक टक लगाएत सामाजिक सञ्जालहरुमा सबैले निकै माया गरेका छन् ।

माया गर्ने एक जोडीको विछोडको पीडालाई समेटेर तयार पारिएको सो गीतका हरेक शब्द निकै चोटिला रहेका छन् । गीतलाई प्रविन खत्रीले लेखेका हुन भने गायक रवि आफ्नै लय सिर्जना रहेको छ ।

रवि कार्की, जुनु गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहेको सो गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेको छ । युवा गायक तथा सर्जक हेमन्त कान्छाले गीतको संगीत संयोजन गरेका छन् ।

प्रतिक्रिया