नारायण कँडेलको "चिसो सिरानी" मा कुशल र शान्तिको आवाजले दर्शक भावुक

काठमाडौं - निकै थोरै सिर्जना गर्ने तर गहिराइ सम्म पुगेर आफ्नो कलम चलाउने सर्जक नारायण कँडेलको नयाँ गीत "चिसो सिरानी" भर्खर मात्र सार्वजनिक भएको छ । 

गीतमा माया प्रेमलाई निकै कलात्मक रुपमा शब्द जालमा बुनिएको छ । जस्तो सुकै गीतलाई पनि न्याय दिएर आवाज दिन सक्ने गायक कुशल बेल्बासेले गीतमा लय सिर्जना गरेका छन् भने आज समेत उनैको रहेको छ । आवाजमा उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् । 

विनोद भण्डारीले निर्देशन रहेको गीतमा कुशल बेल्बासे,टीका सानु र प्रकाश घिमिरेको अभिनय रहेको छ । 

 

प्रतिक्रिया