काठमाण्डौ । विहे गर्ने उमेर पुगेका युवा युवतीहरुलाई यो बर्ष कोरोना महामारीले निकै प्रभावीत पार्यो । त्यस माथी मलमास र अन्य धेरै कारणहरुले विहेका लगन कम हुँदा विहेका रौनक समेत देख्न पाइएको छैन ।
विगतका बर्षहरुमा यो महिना धेरै विवाह हुने महिना हो तर यो बर्ष भने बैशाख यता खासै राम्रो लगन नभएका कारण विहेका कार्यक्रम निकै कमहुने जानकारहरु बताउछन । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए ।
पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ ।
मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।