तेजश रेग्मीको मौसम खरावमा देखिए दुर्गेश थापा - भिडियो सहित 

काठमाण्डौ । लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मीको एकपछि अर्को गीतहरू सार्वजनिक भइरहेका छन । केही समय पहिला कुमारी बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका गायक रेग्मीको नयाँ गीत मौसम खराब भर्खर मात्र सार्वजनिक भएको छ । 

मौलिकता र सरलता समेटिएको गीतमा तेजशलाई आवाजमा राजु कँडेल र गायिका रिना केसीले  साथ दिएकी छन । गीतको लय तथा शब्द सिर्जना रेग्मी आफैले गरेका हुन । माया प्रेमलाई विषय बनाइ तयार पारिएको गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । 

दुर्गेश थापा,तेजश रेग्मी,अर्जुन गोतम,दीपाशा विसी,गरिमा शर्मा र अस्मिता जुरेलीको अभिनय रहेको गीतलाई अनुभवी निर्देशक शिव विकले भिडियो निर्देशन गरेका छन । गीतलाई तेजश रेग्मीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया