स्वेता खड्काले दोस्रो विहे गर्ने

काठमाण्डौ – विहे गरेको छोटो समयमै आफ्ना श्रीमान गुमाएकी स्वेता खड्काले दोस्रो विहे गर्ने भएकी छन । उनको मंसिर २२ गते धनगढीका विजयेन्द्रसिह रावतसँग विहे गर्न लागेकी हुन ।

उनीहरु विचको विवाहको कार्ड समेत सार्वजनिक भए पछि विहे पक्का भएको पुष्टि भएको हो । दुलाहाको तर्फबाट बाँडिएको कार्ड सार्वजनिक भएको छ । विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने स्वेता निकट स्रोतले बताएको छ ।

चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् । श्रीकृष्णको उपचारकै क्रममा विवाहको ३२ दिनपछि साउन २५ मा निधन भएको थियो ।

चलचित्र निर्माणमा पनि हात हालेकी स्वेता व्यवसाय पनि गर्दै आएकी छिन् ।

प्रतिक्रिया