नेरुडेले लघुवित्तले ८६ हजार नौ सय कित्ता शेयर बिक्री गर्दैै,कस्ले पाँउछ त किन्न ?

काठमाडौं–शेयर किन्ने योजनामा हुनुहुन्छ ? त्यसो हो भने नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बेच्ने तयारी गरेको छ ।

प्राइम बैंकको स्वामित्वमा रहेको ८६ हजार नौ सय कित्ता शेयर बोलकबोलबाट बेच्न लागेको हो । नेरुडे लघुवित्त‘घ’ बर्गको वित्तीय संस्था हो । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन अनुसार विभिन्न समयमा विक्री गरी बाँकी रहेको संस्थापक शेयर बेच्न लागेको हो ।

नेरुडेको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । नेरुडले बिक्री गर्न लागेको शेयर बोलपत्रमार्फत बिक्री गर्नका लागि समय तोएिको छ । आगामि मंसिर २५गतेदेखि पुस २ गतेसम्म शिलबन्दीमार्फत शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । शेयरको न्युनतम मूल्य प्रति कित्ता तीन सय रुपैयाँ तोकिएइको कम्पनीले जनाएको छ । लगानी गर्न चाहानेले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया