फेरी मौलिक सालैजो लिएर आए लोकप्रिय गायक विष्णु खत्री

काठमाण्डौ । लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीले आवाज दिएका अर्को उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ बनाइएको सो मौलिक सालैजो गीतमा खत्रीलाई आवाजमा सरिता श्रीस मगरले साथ दिएकी छन ।

खेमन शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतलाई खत्रीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतले जैमिनीका केहि भागको र बाग्लुङका अध्यन पर्यटकिय क्षेत्रको समेत बयान गरेको छ ।

गीतको म्युजिक भिडियो निर्देशन होम गुरुङले गरेका छन भने सविन गुरुङ,सरिता धनकुटी र सगुन खत्रको अभिनय रहेको छ ।

प्रतिक्रिया