जन्ती चढेको गाडी दुर्घटना,दुलाहा दुलहीनै घाइते

काठमाण्डौ । पछिल्लो समय दुर्घटनाका समाचारहरु निकै बढिरहेका छन । लकडाउन खुलेसँगै सवारी दुर्घटनामा पर्नेको संख्या बढिरहेका छन ।

यसै विच आज कैलालीमा जन्ती बोकेको गाडी दुर्घटनाहुँदा दुलाहा दुलहीसहित १३ जना घाइते भएका छन ।

गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सो दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालीकाका २१ बर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदाकी १९ बर्षीय दुलही डम्वर लावड घाइते भएका छन । घाइते हुनेमा १४ वर्षीय विशाल चौधरी,२१ वर्षीय हरिस लुहार,२० वर्षीय अर्जुन लुहार लगायत रहेका छन ।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका(३ का ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका ३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, रहेका छन ।

प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पद्यमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया