कांग्रेस वरिष्ठ नेता पौडेल रिहा,पौडेलले भने -सरकारको व्यवहार देखेर लज्जित छु

काठमाडौं– चौतर्फी विरोध पछि प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार साँझ रिहा गरेको छ ।

पौडेललाई बुधबार तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पक्राउ गरेको थियो । पुल उद्घाटन गर्न पुगेका पौडेललाई नेकपाका नेता,कार्यकर्ताको दबाबमा स्थानीय प्रशासनले कार्यक्रम रोक्नका लागि निषेधाज्ञा जारी गरेको थियो । पौडेल निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले पोडेललाई पक्राउ गरेको थियो ।

पौडेललाई पक्राउको विरोधमा कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर रिहा नगरे त्यसको मुल्य चुकाउन सरकारलाई चेतावनी दिएका थिए । पौडेललाई नियन्त्रणको चौतर्फी विरोध भएको थियो ।पौडेल रिहा भएछ सरकारको व्यवहारबाट लज्जित भएको बताएका छन् ।

प्रतिक्रिया