नेकपामा भाँडभैलो, ओलीद्वारा सचिवालय बैठक बहिस्कार

काठमाडौं–पार्टी भित्रको विवादको कारण नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सचिवालय बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकको आयोजना गरिएको भए पनि ओली बैठकमा अनुपस्थित भएर बहिस्कारको सन्देश दिएका छन् ।
ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक केही बेर बसेर स्थगित भएको थियो । बैठक २० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा भित्र भाँडभैलो देखिएको छ ।

ओली र प्रचण्डबीच लिखित रुपमा आरोप प्रत्यारोप भएपछि नेकपामा विवाद सृजना भएको छ । ओलीले हिजोको बैठकमा नै सचिवालय बैठकमा नआउने संकेत गरेका थिए ।

प्रतिक्रिया