आज फेरी उर्लियो सेयर बजार,करिव ७० अंकको बृद्धिसँगै सात अर्व भन्दा धेरैको कारोबार

काठमाण्डौ । मंगलबार केहि सुस्ताएको शेयर बजार बुधवार फेरी उर्लिएको छ । आज एकै दिन करिव ७० अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।

आज कारोवार भएका २७ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोवार भएको छ । आज कारोवार भएका २०१ कम्पनीहरु मध्यमा १ सय १७ कम्पनीहरुका सेयर धनिले कमाएका छन भने ४१ कम्पनीका सेयर धनिहरुले गुमाएका छन ।

पछिल्लो समय नेप्सेले निरन्तर किर्तिमार्नी कायम गरिरहेको छ । आज १ करोड ५४ लाख भन्दा धेरै शेयरको कारोवार भएको छ ।

प्रतिक्रिया