जनकपुरधाम । माहुरीको टोकाइबाट सप्तरीमा एक गर्भवती महिलाको ज्यान गएको छ । रुपनी गाँउपालिका १ का राजेश यादवकी २४ बर्षीया पत्नी रमिलाको ज्यान गएको हो ।
घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई बाटोमा आँउदै गर्दा माहुरीले टोकेको थियो । उनको शरिरमा एकै पटक सयौं माहुरीले टोके पछि ज्यान गएको हो ।
माहुरीको टोकाइले घाइते भएकी उनलाई उपचारको लागी स्थानीय युनिक अस्पतालमा लगिएको थियो तर उनको ज्यान भने बच्न सकेन । उनी ६ महिनाकी भर्वती समेत रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ । उनका ५ बर्षका एक छोरा समेत रहेका छन ।