ओली आजको सचिवालय बैठकमा नजाने

काठमाण्डौ- प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चर्को आलोचना हुने भए पछि नेकपा सचिवालय बैठक बहिष्कार गर्ने भएका छन ।

मंगलबार बसेको सचिवालय बैठकमा दुई अध्यक्ष विच चर्का चर्कि माात्र भएन प्राय अधिकांशले ओलीको आलोचना गरे पछि आज बस्ने बैठकमा ओली भाग नलिने भएका हुन ।

एकले अर्कोलाई आरोप लगाँउदै दुई अध्यक्षहरुले छुट्टा छुट्टै प्रतिवेदन छलफलको लागी सचिवायमा पेस गरेका छन । ओलीले अर्को अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदन फिर्ता हुनु पर्ने माग राख्दै किचलो गरिरहेका छ । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा पर्ने देखिए पछि उनी बैठक बहिष्कारमा पुगेको स्रोतको दावी छ ।

ओलीको सचिवालयले भने प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम रहेकाले आजको बैठकमा नजाने बताएका जनाएको छ ।

प्रतिक्रिया