नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा उछाल, आज लगातार दोस्रो दिन सकारात्मक सर्किट

काठमाण्डौ – आइपिओ खुलेको केहि समय सामान्य रहेको नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा पछिल्लो समय निकै उछाल आइरहेको छ ।

मंगलबार सकारात्मक सर्किटमा कारोवार भएको सो कम्पनीको शेयर मूल्य बुधवार पनि सोहि गतिमा अगाडी बढिरहेको छ । विगत केहि साता देखि यो कम्पनीको सबै भन्दा धेरै कारोवार हुँदै आइरहेको छ ।

आज यो समाचार तयार पार्दा सम्म सो कम्पनीको शेयर मूल्य १ हजार ७ सय ५८ रुपैयमा रहेको छ भने ७८ हजार भन्दा धेरै कित्ताको माग हुँदा विक्रीगर्ने शून्य रहेका छन । जानकारहरुका अनुसार यो गतिमा यो शेयरमा उछाल आउनु पर्ने कुनै कारण नभए पनि राइट शेयरको हल्लाले यो भएको अनुमान छ ।

प्रतिक्रिया