काठमाण्डौ । जापानमा रहेका युवा सर्जक तथा गायक प्रेम सापकोटाले गाँउघरमा गाइने रत्यौलीका टुक्का सग्रह गरेर नयाँ गीत सार्वजनिक गरेका छन ।
पछिल्लो समय लोपहुँदै गइरहेको ठेट रत्यौलीलाई यस्ता गीतहरुले जर्गेना गर्ने धेरेको विश्वास छ । प्रेम सापकोटा सोनुको शब्द तथा लय संकलन रहेको सो गीतमा प्रेमलाई आवाजमा सम्झना भण्डारीले साथ दिएकी छन ।
गीत सार्वजनिक भए पछि हामीसँग कुरा गर्दै गायक सापकोटाले पछिल्लो समय नेपालमा टिपिकल रत्यौली गाउन छोडिएसँगै लोप हुन थालेको हुँदा यसलाई जर्गेना गर्ने मुख्य उद्देश्यले गीत बनाइएको बताउनु भयो ।
गीतमा गाँउघरमा प्रयोग हुने रत्यौलीको भाका र सोहि अनुसारका टुक्काको संग्रह गरिएको छ । गीतको म्युजिक भिडियो समेत निकै रमाइलो बनाइएको छ । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । आउनुहोस गीतको पुरै भिडियो हेर्नुहोकस