नेप्से तीन अंकले बढ्यो,सात अर्व भन्दा धेरैको कारोवार

काठमाण्डौ – निरन्तर उकालो लागेको शेयर बजारमा आज भने केहि ब्रेक लागेको छ । निरन्तर दोहोरो अंकको बृद्धि भइरहेको नेप्से मंगलबार भने सामान्य 3 अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।

नेपाल रिइन्स्योरेन्सको सबै भन्दा धेरै कारोवार भएकोमा आज यो सँगै अन्य तीन कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ । १ सय ९७ कम्पनीहरुको सात अर्व भन्दा धेरेको कारोवार भएको छ ।

आज इन्स्योरेन्स र बैकमा लगानी गर्ने शेयर सदस्यहरुले धेरै कमाए भने समग्रमा आज धेरै लगानीकर्ताहरुले गुमाए ।

प्रतिक्रिया