पार्टी फुटको संघारमा तर केक काटेर खुसी मनाउँदै नेकपा नेता

काठमाण्डौ – नेकपामा अहिले आन्तरिक किचलोले फुट्ने कि जुटिरहने भन्ने बहस चर्को रुपमा उठिरहेको छ । धेरै कार्यकर्ताहरुलाई पार्टीको चिन्ताले सताइरहेको छ तर बालुवाटारमा भने केक काटेर महासचिव विष्णु पौडेलको जन्मदिन बनाइएको छ ।

सुरक्षा चुनौतिका कारण धुमबाराहीमा बस्ने भनिएको सचिवालय बैठक बालुवाटारमा बसेको थियो । सो बैठकमा नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाच्ने शुभकामना दिएका थिए ।

पौडेललाई जन्मदिनको शुभकामना दिएपछि नेकपा बैठक सुरु भएको छ ।

प्रतिक्रिया