प्रधानमन्त्री ओलीको टिकटक खोलेकै दुई दिनमा १३ लाख भन्दा धेरैले हेरे भिडियो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अघि मात्र टिकटक खाता खोलेका थिए । खाता खोलेकै २ दिन भित्र उनको एकाउण्टमा करिव ४५ हजारले फ्लो गरेका छन ।

ओलीको सो टिकटक खाता प्रमाणीकरण समेत भइसकेको छ । यो खाता ओलीको आधिकारीक हो कि होइन भन्ने धेरैले जिज्ञासा राखिरहेको बेला ओलीको सचिवालयले यो आधिकारीक भएको पुष्टी गरेको छ ।

ओलीको सो खातामा एउटा मात्र भिडियो राखिएको छ भने १३ लाख भन्दा धेरैले सो भिडियो हेरिसकेका छन । केपि शर्मा ओली अफिसियल नामको सो खातामा मिश्रित प्रतिक्रिया दिएका छन ।

ओलीको पहिलो टिकटकलाई एक लाख भन्दा धेरैले लाईक,३ हजारले शेयर र ५ हजार भन्दा धेरैले शेयर समेत गरेका छन ।

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

प्रतिक्रिया