काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासनले कोरोना महामारी तीव्ररुपमा बढ्दै गएपछि भिडभाजन्य कार्य नगर्न सबैलाई अनुरोध गरेको छ ।
मंगलवार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले पछिल्लो समय भइरहेका सभा,जुलुस र प्रदर्शन तत्काल रोक्न समेत आग्रह गरेको छ । कार्यालयले पछिल्लो समय यस्ता गतिविधि बढिरहेकाले स्थितीलाई भयावय बनाउने किसिमका भएको र साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा अनुरोध गरेको छ ।
माथि उल्लेख भए बमोजिमका क्रियाकलाप गरे÷गराइएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताएको छ ।