आफ्नै सरकार, तर, प्रधानमन्त्री ओलीलाई ‘सुरक्षा थ्रेट’

काठमाडौं–नेकपा भित्र चरम गुटबन्दी बढिरहेका बेला पार्टी सचिवालयको वैठक पार्टी कार्यालयमा बस्न छाडेर प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ । नेकपाको पार्टी कार्यालय धुम्बराईमा पार्टीको बैठक बस्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै बालुवाटारमा बस्न लागेको नेकपा स्रोतले जनाएको छ ।

सरकार सञ्चालन भएको पार्टीका अध्यक्ष ओली प्रधानमन्त्री छन् । उनलाई नै सुरक्षा थ्रेट रहेको गृह मन्त्रालयको रिर्पोटिङ पछि बालुवाटारमा बैठक सारिएको स्रोतको दाबी छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई आरोप लगाएर प्रतिवेदन तयार गरेपछि त्यसको जवाफी प्रतिवेदन ओलीले सचिवालय बैठकमा राखेका छन् ।

प्रधानमन्त्रीलाई आफ्नै पार्टी कार्यालयमा बैठक बस्दा सुरक्षा थ्रेट भएको विषयलाई कतिपयले हास्यास्पद रुपमा लिएका छन् । किन सुरक्षा थ्रेट भयो भन्ने खुवाईको छैन ।

प्रतिक्रिया