नयाँ रेकर्ड बनाँउदै नेप्से,सोमवार ९ अर्वको कारोवारसँगै २९ अंकले बढ्यो

काठमाण्डौ – नेप्सेले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ । यो साता २ हजार आसपास पुगेको बजारले आज पनि राम्रो लय देखाएको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १।४६ प्रतिशत अर्थात २८।७९ अंक बढेर १९९७।०५ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च क्लोजिङ्ग विन्दु हो। यस अघि आइतबार नेप्से १९६८।२७ विन्दुमा पुग्दै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। दैनिक उच्च भोल्यूम सहित बजारले पुराना रेकर्डहरु तोड्दै नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरु उत्साहित भइरहेका छन्।

सूचकले अलटाइम हाइ रेकर्ड बनाउँदै गर्दा कारोबार रकममा भने सामान्य गिरावट आएको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन करिब ९ अर्बको शेयर कारोबार भएको छ। यद्यपी यस दिनको कारोबार रकम कम भने होइन। यस दिन १९८ कम्पनीको ८३ हजार ५६७ पटकको कारोबारमा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँ बराबरको २ करोड ५१ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १।६३ अंक बढेर ३८५।५६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १।५२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०।४४ अंक बढेको छ।

प्रतिक्रिया