नेप्से ऐतिहासकि विन्दु २ हजार भन्दा माथी

काठमाण्डौ – नेप्सेले ऐतिहासिक विन्दु पार गर्नेक्रम जारी छ । आज यो समाचार तयार पार्दा सम्म नेप्से २ हजार ६ अंकमा पुगेको छ ।

यो अहिले सम्मकै उच्च विन्दु हो । आइतबार ७५।०२ अंक बढेर १९६८।२७ विन्दुको उचाइमा पुगेको थियो ।

सोमबार प्रि ओपन सेसनमा ५१ कम्पनीको १ करोड ५४ लाख ६ हजार २१ रुपैयाँ बराबरको ५० हजार ४८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य यस दिन स्थिर रहेको छ।

प्रतिक्रिया