नेप्सेमा ऐतिहासिक रेकर्ड,९ अर्वको कारोवारहुँदा ७५ अंकले बढ्यो

काठमाण्डौ- नेप्सेले ऐतिहासिक विन्द छुन सफल भएको छ । आज अहिले सम्मकै धेरै ९ अर्वको कारोवारको नयाँ रेकर्ड समेत कायम भएको छ ।

बैक क्षेत्रको शेयरमा आएको उछालले नेप्सेलाई उच्च विन्दुमा पुराउन सफल भएको हो । यो सँगै आज ७५ अंक भन्दा धेरैले नेप्से बृद्धि भएको छ । आज १९६८ विन्दुमा आएर नेप्से बजार बन्द भएको छ । यो नेप्से र कारोवार रकम दुवै अहिले सम्मकै उच्च हो ।

आज २ सय कम्पनीहरुको ८० हजार भन्दा धेरै पटक शेयर कारोवार भएको छ । आज २१ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया