काठमाण्डौ – काठमाण्डौको लागी उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । हेलिकप्टर गल्कोटबाट उडेको थियो ।
कैलास हेलिकप्टर सर्भिसेस्को नाईन एनएक जेजे हेलिकप्टर दुर्धटना भएको हो । हेलिकप्टरमा गिद्ध चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिनुभयो ।
उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरेको छ । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।