युनाइटेड इदि मर्दिको आइपिओ बाँडफाँड आज बेलुकी ४ बजे हुने

काठमाण्डौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आइपिओ आइतवार बेलुकी ४ बजे बाँडफाँड हुने भएको छ ।

वित्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार आज ४ बजे आइपिओ बाँडफाँड हुने भएको हो । क्यापिटलको कार्यालय जमलमा एक कार्यक्रमका विच बाँडफाँड गरिने छ ।

कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरिने छ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जना आवेदकबाट ९४ लाख ९८ हजार ४०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। इो सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ११।६८ गुणा धेरै हो।

प्रतिक्रिया