काठमाण्डौ – साताको पहिलो दिन शेयर बजारमा रौनक कायमै छ । आज आइतवार कारोवार शुरु भएको २ घण्टामै ३ अर्व बरावरको कारोवार भएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ४२ अंकले बढेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै कारोवार भइरहेको छ । ३ बैक सहित ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै कारोवार भइरहेको छ ।
धेरै कारोवारको सूचिमा प्रभु बैक आज दोस्रो स्थानमा रहेको छ । नेपाल बंगलादेश बैक,प्रभु बैक,नेपाल क्रेडिट एण्ड कर्मश बैक र मितेरै विकास बैको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बैक क्षेत्रले रौनक देखाएको छ ।