युनाईटेड इदी मार्दीको आइपिओ बाडफाँड मिति तय, प्रि–अलोटमेन्ट सम्पन्न

काठमाण्डौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले यसै साता भित्र आइपिओ बाँडफाँड गर्ने भएको छ । आइतवार वा सोमवार सम्ममा बाँडफाड हुने विक्रि प्रवन्धकले जनाएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपीओको आज प्रि–अलोटमेन्ट सकिएको छ। बाँडफाँड आगामी सोमबार वा मंगलबारसम्ममा हुन्छ। त्यो भन्दा पछाडि जाँदैनू क्यापिटलका प्रतिनिधिले भने ।

आज प्रि अलटमेन्ट भएपछि आगामी ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरिने छ।

प्रतिक्रिया