महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

काठमाडौं– निकै महत्वका साथ हेरिहएको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।
५४.६२ प्रतिशत मत प्राप्त गरेर ढकाल विजयी भएका हुन् । ढकालका प्रतिद्वन्द्वि किशोर प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका छन् ।

प्रधानलाई अबका अध्यक्ष शेखर गोल्छाको बलियो साथ भए पनि ढकाल विजयी भएका हुन् । ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२, वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत ल्याएका थिए ।

प्रतिक्रिया