उपाध्यक्षतर्फ ढकाल प्यानललाई धक्का, दुई उपाध्यक्ष प्रधान प्यानलका विजयी

काठमाडौं–नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा दुई उपाध्यक्ष वरिष्ठ उपाध्यक्षका उम्मेदार किशोर प्रधान प्यानल विजयी भएका छन् ।

वस्तुगततर्फ र जिल्लानगरतर्फ दुवै उपाध्यक्ष प्रधान प्यानलका विजयी भएका छन् । जिल्लानगरमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगततर्फ अञ्जन श्रेष्ठ विजयी भएका छन् । जिल्ला नगरमा प्रधान प्यानलका दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरेका छन् भने ढकाल प्यानलका गुणनीधि तिवारीले ४७ मत प्राप्त गरेका छन् ।

जिल्ला,नगर ढकाल प्यानलको ब्रचस्व रहेको बताउँदै आएका थिए । जिल्ला नगरतर्फ विजयी हुने सदस्य मध्ये १२ जना चन्द्र ढकाल समूह र सात जना किशोर प्रधान समूहका रहेका छन् ।

प्रतिक्रिया