महासंघमा वस्तुगततर्फ ढकाल र प्रधान प्यानलका ७÷७ सदस्य विजयी

काठमाडौं–नेपाल उद्योग वाण्ज्यि महासंघको निर्वाचनको प्रारम्भिक मत परिणाममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाल र किशोर प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ । वस्तुगततर्फको सदस्यमा ढकाल र प्रधान प्यानलले बराबर सदस्य जितेका छन् ।

वस्तुगततर्फ प्रधान प्यानल आफू बलियो भएको दाबी गरेको थियो । वस्तुगततर्फ ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठका सात जना र प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ प्यानलबाट सात जना विजयी भएका छन् । तुलनात्मक रुपमा वस्तुगतम प्रधान प्यानलले आफू बलियो भएको दाबी गरेको थियो । बलियो भनिएको वस्तुगततर्फ प्रधान प्यानललाई धक्का लागेको छ भने ढकाल प्यानललाई राहात भएको छ । एसोसिएट र जिल्ला, नगरमा ढकाल बलियो मानिन्छन् ।

वस्तुगततर्फ १०१ मत झरेकोमा सबैभन्दा बढी नरेशलाल श्रेष्ठले ७२ भोट ल्याएर विजयी भएका छन् । त्यसैगरी अरनीके राजभण्डारीले ६४, प्रकाशमान सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, मिनमान श्रेष्ठले ६७, मनिषलाल प्रधानले ६०, सुमित केडियाले ६६, आकाश अधिकारीले ४९, शकुन्तलाल हिराचनले ५५, गोविन्द ढुङ्गेलले ५० विष्णु गैरेले ५१ सन्दीप अग्रवालले ५१, सुबोध गुप्ताले ५० र हेमराज ढकालले ५३ मत ल्याएर बिजयी भएका छन् ।

प्रतिक्रिया