टिकटक  खुल्ने सम्भावना बढ्यो,फेरी लेख्यो कम्पनीले नेपाललाई पत्र

काठमाण्डौ । केहि समयदेखि प्रतिवन्धमा परेको सामाजिक सञ्जाल टिकटक सरकारसँग झन लचिलो बनेको छ । 

नेपालमा प्रतिवन्धपछि पहिलो पत्रमा कारणबारे सोधेको कम्पनीले भर्खर मात्र पठाएको पत्रमा भने आफुहरु सरकारले भने बमोजिम नियमन गर्न र सम्पर्क शुत्र स्थापना गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरेको छ । 

प्रतिवन्धपछि पनि नेपालमा अन्य विधिबाट सामाजिक सञ्जाल टिकटक प्रयोग गर्ने संख्या भने खाँसै घटेको छैन । यहि कुराको मेसो पाएको सरकाले पनि अब चाँडो प्रतिवन्ध खुलाउने संकेत गरेको छ । 

सामाजिक सञ्जालबाट समाजमा गलत प्रचारका सामाग्रीहरु ब्यापक भएपछि सरकारले प्रतिवन्ध लगाएको थियो । 

प्रतिक्रिया