काठमाडौं–भारतका विदेश सचिव आएर फिर्ता नभएको हप्तादिन नबित्दै फेरी चीनका उच्च अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने भ्रमणका लागि आइतबार नेपाल आउने कार्यतालिका तय भएको छ ।
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला शुक्रबार भारत फर्किएका थिए । भारततीय विदेश सचिवले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटेर फकिएका थिए । विदेश मन्त्री फर्किएको दुई दिनमै फेरी चीनका विदेश मन्त्री आइतबार नेपाल आउँदैछन् ।
चीनका विदेश मन्त्रीले पनि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ । दुई छिमेकीको भ्रमणलाई उच्च महत्व रणनीतिका रुपमा हेरिएको छ ।