सुस्त मनस्थिति भएकी महिलालाई पनि छोडेनन्,३० बर्षे महिला सामूहिक बलात्कारको सिकार भइन

काठमाण्डौ । हाम्रो समाज कता जाँदै छ ? किन यति धेरै अपराधिक गतिविधि बढिरहेका छन ? यस्तै धेरै प्रश्नको जवाफ अहिले अनुत्तरित छ । ३ बर्षे बालिका देखि मानसिक अबस्था ठिक नभएका महिलालाई सम्म पापीहरुले छोडेका छैनन ।

यस्तै दुखद घटना घटेको छ डडेल्धुरामा । ३० बर्षीया मानसिकअबस्था ठिन नभएकी महिला सामुहिक बलात्कारको सिकार भएकी छन । नवदुर्गा गाउँपालिका १ मा सो घटना घटेको हो । बुधबार राति करिब ८ बजे सो घटना घटे पनि आज मात्र सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका सोही ठाउँका ३३ वर्षीय टेकबहादुर दमाईं र नाम नखुलेका अर्का युवकले महिलालाई बलात्कार गरेका हुन् ।

गोठबाट फर्किरहेकी बोल्न नसक्ने महिलालाई तानेर बलात्कार गरेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बिहीबार पीडित महिलाकी भाउजूले जाहेरी दिएपछि आरोपित दमाईंलाई पक्राउ गरेको हो ।अर्का व्यक्ति भने फरार रहेको रहेका छन् ।

प्रतिक्रिया