विदामा घर परिवारसँग खुसी साट्न हिडेका नेपाली सेनाका २ जवानको जीप दुर्घटनामा ज्यान गयो

काठमाण्डौ – लकडाउनका बेला सवारी दुर्घटना घटे पनि जनजिवन सामान्य बनेसँगै सवारी दुर्घटनाले ज्यान जानको संख्या बढेको छ । यो साता मात्र २ भयानक जीप दुर्घटना भएका छन ।

शुक्रवार विहान गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । साथै अन्य २ गम्भीर घाइते भएका छन । इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्वरको जीप हुला भन्ने ठाँउमा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।

जीप दुर्घटनामा नेपाली सेनाका दुई सैनिक जवानको ज्यान गएको छ । घर बिदा आएका त्यस गाउँका अन्दाजी ३५ वर्षीय धनबहादुर दर्लामी र सोही गाउँका अर्का सैनिक जवान उस्तै उमेरका शिवबहादुर दर्लामीको मृत्यु भएको छ । दर्लामीकी श्रीमती सरस्वती दर्लामी घाइते छन् । सैनिक जवानहरु पल्टनमा हाजिर हुन जाँदै गरेको स्थानीयको भनाइ छ । मृतक दर्लामी र उनका भाइ वसन्त दर्लामीको पनि मृत्यु भएको पौडेलले बतए । मृतक ५ जना मध्ये हुला गाउँ कै अन्दाजी ६० वर्षीय डम्बरबहादुर हितान र करिब करिब ८० वर्षीया सुन्दरी नाम गरेकी तर थर खुल्न नसकेकी एक वृद्धा रहेको बताइएको छ।

प्रतिक्रिया