काठमाण्डौ- साताको अन्तिम दिन विहिवार नेप्से करिव १९ अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।
यो साताभरि नेप्सेमा निकै रौनक देखियो भने कारोवार र नेप्से अंकले किर्तिमानी कायम गर्न सफल भयो । आज दिनभरिमा सात अर्ब ६१ करोड भन्दा धेरैको कारोवार भएको छ ।
नेप्से र कारोवार रकम बढे पनि आज शेयर कारोवार भएका कम्पनीहरु मध्य अधिकाशंस कम्पनीहरुको शेयर मूल्य घटेको छ । २ सय १ कम्पनीको शेयर कारोवार भएकोमा ४८ कम्पनीको शेयर मूल्य बृद्धि हुँदा ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने सात कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
४ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोवार भएको छ । आज सबै भन्दा धेरै कारोवार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ ।