काठमाण्डौ – तपाईहरु अनुमान गर्नुहोस एउटा परेवाको मूल्य कति सम्म पर्ला ? दश हजार,पचास हजार या एक लाख ? तर यहाँ एक परेवको मूल्य १४ करोड रुपैयाँमा किनबेच भएको छ ।
न्यु किम नाम गरेको सो परेवाको उमेर दुई बर्ष मात्र भएको छ । चीनका एक ब्यक्तिले सो परेवालाई १९ लाख डलरमा किनेका छन । त्यो परेवा पालेका कुर्त वाउवर परिवार यो खबर सुनेर छक्क परे । दुई वर्षीय न्यु किमले यसअघिको रेकर्ड तोड्न सफल भएका छन् । यसअघि चार वर्षका पुरुष परेवालाई १४ लाख डलरमा किनेको रेकर्ड थियो ।
रेसिङ च्याम्पियन अरमान्डोलाई परेवाहरुको लुइस हैमिल्टन पनि भनिन्छ । सेवानिवृत्त भएपछि उक्त परेवालाई सन् २०१९ मा बेचियो । त्यस्तै न्यु किमले सन् २०१८ मा राष्ट्रियमध्ये दूरी रेससहित थुप्रै रेसहरु जितेका छन् । त्यसपश्चात न्यु किम पनि सेवानिवृत्त भए ।
पछिल्लो केही वर्षयता चीनमा परेवाहरुको रेस धेरै लोकप्रिय भइरहेको छ । अरमान्डोलाई पनि चिनियाँ नागरिकले नै किनेका थिए । भने अरमान्डो जस्तै न्यु किमलाई किन्नका लागि पनि धेरै चिनियाँहरुबीच मूल्यमा प्रतिस्पर्धा चलेको थियो ।