उद्योगी,व्यवसायी तेरो र मेरो हुँदैन–प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी, व्यवसायीलाई सरकारले समान व्यवहार गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणको विहीवार उद्घाटन गर्दै प्रधामन्त्री ओलीले भने, ‘उद्योगी,व्यवसायी तेरो र मेरो हुँदैन ।’

ओलीले राज्यका नजरमा सबै समान हुने बताए । ‘सबैलाई कानुन सम्बत ढंगले संरक्षण प्रदान गर्छ,’ ओलीले भने, ‘सरकार उद्योगीसँग कारोबार फेयर गर्न आग्रह गर्छ ।’ ओलीले स्वच्छताका साथ व्यापार, व्यवसाय गर्न आग्रह गरे ।

उद्योगी, व्यवसायीले अर्थतन्त्रमाथि उठाउन महत्वपूर्ण भूमिका खेलेको बताए । नीतिनिर्माण र व्यवहारिक समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए । कोभिडको कारण साझा समस्या भोगेकाले संयुक्त प्रयासबाट समाधान गर्नुपर्ने बताए । ओलीले निजी क्षेत्रलाई आफ्नो क्षमाता अनुसार सहयोग गर्ने बताए । आफ्नो क्षमता र गच्छे अनुसार सघाउने उनले बताए ।

प्रतिक्रिया