निजी क्षेत्रप्रति प्रधानमन्त्रीको मायाले उत्साहित छौं– भवानी राणा

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले माया गरेको बताएकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको महासंघको साधारण सभाको आज उद्घाटन समारोहमा यस्तो बताएकी हुन् । राणाले प्रधानमन्त्रीले निजी क्षेत्रलाई उच्च महत्व दिनु भएको बताइन् । ‘प्रधानमन्त्रीबाट निजी क्षेत्रलाई प्राप्त माया ममताबाट उत्साहित छौं,’ राणाले भनिन् ।

विकसित मुलुकको अर्थतन्त्र ऋणात्मक भएको र नेपालको अर्थतन्त्र पनि सन् २०२०मा ०.२ प्रतिशतमा खुम्चिने देखिएकाले मुलुकको अर्थतन्त्रमा चुनौती आएको बताईन् । आर्थिक वृद्धिदरका लागि सरकारले निजी क्षेत्रलाई सघाउनु पर्ने बताइन् । ‘प्रधानमन्त्रीबाट निजी क्षेत्रको विकासमा प्रयास गर्ने विश्वास व्यक्त गरेका छौं,’ राणाले भनिन्, ‘निजी क्षेत्रसँग सहकार्यको अपेक्षा गर्दछौं ।’ निजी क्षेत्र सरकारको सारथी बन्न चाहेको बताइन् ।

प्रतिक्रिया