नेप्से ऐतिहासिक किर्तिमानी विन्दुमा,लगातारको उछालसँगै १९०० माथि

काठमाण्डौ – नेप्सेले ऐतिहासिक उच्च विन्दको रेकर्ड कायम गरेको छ ।

यो समाचार तयार पार्ने समय सम्म नेप्से करिव २७ अंकको बृद्धिसँगै १ हजार ९ सय ३ अंकमा पुगेको छ । यो भन्दा पहिला नेप्से सो विन्दुमा पुगेको थिएन ।

पुर्व अर्थमन्त्री युवाराज खतिवडाको विदाईसँगै उर्लिएको नेप्सेले बजार मैत्री अर्थमन्त्री विष्णु पौडेललाई हरियो बत्तिसँगै स्वागत गरेको जानकारहरु बताउँछन । आज केहि समयमै कारोवार रकम एक अर्व माथी पुग्दै नेप्सेको नयाँ विन्दु भेटाएको हो ।

पछिल्लो समय शेयर कारोवार अनलाई भएको साथै अन्य क्षेत्र ठप्पहुँदा बैकको तरलता समेत शेयर बजारमा आएका कारण यो उछाल आएको बताउछन ।

प्रतिक्रिया